नेपाल कम्युनिष्ट पार्टी(नेकपा) (विप्लव) समुह सर्लाहीले मनायो तत्कालिन जिल्ला इन्चार्ज स्व.पौडेलको तेस्रो स्मृति दिवश

5.4k Shares

तत्कालीन प्रतिवन्धीत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेत्रविक्रम चन्द (विप्लव) सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको शनिवार तेस्रो स्मृति दिवश मनाइएको छ । पौडेल दुई वर्षअघि २०७६ साल असार ५ गते नवलपुरको बागवानी केन्द्रदेखि केही उत्तर जंगलमा प्रहरीको कारवाहीमा परेर मारिएका थिए ।
प्रहरीले उनको दोहोरो भीडन्तमा मृत्यु भएको बताइरहेको छ भने परिवार र उनका पार्टीले भने नियन्त्रणमा लिएर निर्मम ढंगले हत्या गरिएको दावी गर्दै आएका छन् । हरिवन नगरपालिका–६, स्थित घुर्कौली चारलिकमा भएको कार्यक्रममा स्व.पौडेलको तस्बिरमा माल्यार्पण गर्दै उनले पु¥याएको योगदानका बारेमा चर्चा गरिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)(विप्लव)  समुह सर्लाहीका जिल्ला सेक्रेटरी कमल सुशलिङले जानकारी दिनुभयो ।
पार्टीका जिल्ला सेक्रेटरी सुश्लिङको अध्यक्षता तथा सर्लाही र रौतहट इन्चार्ज समर शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्व.पौडेलको पार्टी प्रतिको योगदानको चर्चा गरिएकोथियो । 
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य किसुनदेव शर्मा, अखिल नेपाल महिला (क्रान्तिकारी)जिल्ला अध्यक्ष प्रमिला लामा (राउत), महिला नेतृ चेली मगरलगायतको उपस्थिति रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) (विप्लव) सर्लाहीले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण कुनै भीडभाड नगरी सीमित नेता कार्यकर्ता उपस्थित भएर स्मृति दिवश मनाइएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) (विप्लव) सर्लाहीले जनाएको छ । 

सम्बन्धित समाचार