638
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी संगठनभित्र हुने उच्च तहका नियुक्ति तथा सरुवामा पार्टीले हस्तक्षेप नगर्ने बताएका छन्।
बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी), डीएसपी र इन्स्पेक्टर परिवर्तन गर्न पार्टीले सरकारलाई कुनै दबाब नदिने स्पष्ट पारे।
उनले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताए। संवेदनशील विषय भएकाले सरकारले उचित समयमा निर्णयको कारण सार्वजनिक गर्ने उनको विश्वास छ।
लामिछानेले पार्टी र सरकारबीच समन्वयको अभाव रहेको भन्ने चर्चालाई समेत अस्वीकार गरेका छन्।