काठमाडौँमा कात्तिक १४ गते ‘एकता भेला’ हुँदै, विभिन्न महिला संगठन सहभागी हुने

1.4k Shares
काठमाडौँ । अखिल नेपाल महिला संगठन, बागमती प्रदेश समितिको आयोजनामा आगामी कात्तिक १४ गते शनिबार काठमाडौँमा ‘एकता भेला कार्यक्रम–२०८३’ हुने भएको छ।

‘सम्पूर्ण मुक्तिकामी महिलाहरू एक हौँ’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम काठमाडौँको थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न महिला संगठनको सहभागिता रहने जनाइएको छ। आयोजकका रूपमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अनेम संघ (समाजवादी), नेपाल समाजवादी महिला संघ, समाजवादी महिला संघ, अनेम संघ–क्रान्तिकारी तथा अनेम संघ (क्रान्तिकारी) देशभक्त महिला संघ रहेका छन्।

महिला संगठनहरूबीच एकता, सहकार्य र साझा मुद्दामा छलफल गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भेलाले महिलाका हक, अधिकार र सामाजिक न्यायका सवालमा सामूहिक पहललाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न संगठनका प्रतिनिधि तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील व्यक्तिहरूको सहभागिता रहने आयोजकले जानकारी गरिएको छ।

महिलाको एकता र सामूहिक आवाजलाई सशक्त बनाउने नारासहित आयोजना हुन लागेको भेलालाई महिला संगठनहरूबीच सहकार्य र साझा अभियान अघि बढाउने अवसरका रूपमा हेरिएको छ।  886a5fc3-3c13-4944-9c43-260dabff7545.jpg

सम्बन्धित समाचार