1.1k
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसहित काभ्रेपलाञ्चोकको धुलिखेलस्थित हिमालयन दृश्य रिसोर्ट पुगेका छन्।
प्राप्त जानकारीअनुसार ओली र मुख्यमन्त्री थापा मगर दसैँको बिदा मनाउन दिउँसो करिब १ बजे रिसोर्ट पुगेका हुन्।
जिल्लास्थित सुरक्षा स्रोतका अनुसार उनीहरू निजी भ्रमणका लागि रिसोर्ट पुगेका हुन्।
दसैँको बिदाका अवसरमा पूर्वप्रधानमन्त्री ओली र मुख्यमन्त्री थापा मगर धुलिखेल पुगेको विषयलाई निजी भ्रमणका रूपमा हेरिएको छ।