मकवानपुरमा ईभी गाडी दुर्घटना, ११ जना घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर

1k Shares

हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी गाडी सडकको भित्तामा ठोक्किएर नालामा खसेको थियो। दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गम्भीर घाइते हुनेमा रौतहटका २६ वर्षीया रा चन्दा कुमारी, २३ वर्षीया शिवा कुमारी साह, पाँच वर्षीय आर्यन साह, शान्तिकुमारी साह र शिवान्स साह रहेका छन्। उनीहरूलाई थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडी चालक फरार रहेका छन्। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार