किशोर श्रेष्ठ र हिमेश पन्तबीचको विवादमा साइबर ब्युरोको चासो, दुवै पक्षलाई बोलाइयो

1k Shares

काठमाडौं । समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तबीच विवाद बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

ब्युरो स्रोतका अनुसार पन्तले श्रेष्ठविरुद्ध हिजो निवेदन दिएका थिए। त्यसपछि श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएको स्रोतले जनाएको छ।

यसैबीच, प्रहरीको टोलीले आज बिहान ललितपुरको नख्खुस्थित निवासबाट श्रेष्ठलाई साइबर ब्युरो लगेको छ। विवादबारे छलफल गर्न पन्तलाई पनि ब्युरोले बोलाएको जनाइएको छ।

जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर दुवै पक्षबीच विवाद उत्पन्न भएको हो। एकअर्काविरुद्ध निवेदन परेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर घटनाबारे बुझ्ने प्रक्रिया अघि बढाएको छ।

समाचार प्रकाशनसँग सम्बन्धित विवादमा दुवै पक्षले एकअर्काविरुद्ध निवेदन दिएपछि घटनाको थप प्रक्रिया र निष्कर्षबारे चासो बढेको छ।

सम्बन्धित समाचार