राष्ट्रपति पौडेललाई बुझाइयो आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन

2k Shares

काठमाडौं, २९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले उक्त प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।

राष्ट्रपतिको सचिवालयका अनुसार आयोगको वार्षिक प्रतिवेदन संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिसमक्ष पेस गरिएको हो।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन पेस गरेको हो।

आयोगले आफ्नो वार्षिक प्रतिवेदनमार्फत सम्बन्धित आर्थिक वर्षमा सम्पादन गरेका कामकारबाही तथा गतिविधिको विवरण प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ।

सम्बन्धित समाचार