काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरीबाबु महर्जनले फराकिलो अग्रता लिएका छन्। ५ हजार ४०० मत गणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ। पछिल्लो मतपरिणामअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो स्थानमा छन् भने इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्।
त्यस्तै, प्रा.डा. गोविन्दराज पोखरेलले ३ हजार ४७८, जितनारायण श्रेष्ठले ३ हजार ३७१ र इन्जिनियर मोहन आचार्यले ३ हजार २९० मत प्राप्त गरेका छन्। प्रवल थापाले ३ हजार २२६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन्।
हिमाल दत्त श्रेष्ठले २ हजार ८४७, विद्वान गुरुङले २ हजार ६९१, डा. शोभाकर पराजुलीले २ हजार ६४०, इन्जिनियर अमृत ज्ञवालीले २ हजार ५९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५८० मत प्राप्त गरेका छन्।
सन्दीप रानाले २ हजार ५१५, इन्जिनियर नवराज त्रिपाठीले २ हजार ४७४, नरेन्द्रकुमार केरुङले २ हजार ४३७, भरतकुमार शाहले २ हजार ४३१, महेश खरेलले २ हजार ३४३ र मिनकृष्ण महर्जनले २ हजार ३३४ मत पाएका छन्।
बलदेव तिमिल्सिनाले २ हजार ३१२, जन्मजय तिमिल्सिनाले २ हजार ३०३, इन्जिनियर ऋषि कोइरालाले २ हजार २२६, युवराज पाण्डेयले २ हजार २२१, कुमार लुइँटेलले २ हजार १९९ र इन्जिनियर दीपक बाबु कँडेलले २ हजार १६८ मत प्राप्त गरेका छन्।
किरण केसीले २ हजार १३२, उज्ज्वलप्रसाद बरालले २ हजार १२२, दीपक भट्टराईले २ हजार ७३ र महेन्द्रकुमार शर्माले २ हजार १२ मत पाएका छन्। मदनकृष्ण श्रेष्ठले १ हजार ९९४ तथा डा. मुकेशराज काफ्ले र डा. सुरज राज काफ्लेले समान १ हजार ९७९ मत प्राप्त गरेका छन्।
प्रमोदहरि गुरागाईंले १ हजार ९५१, लेखनाथ पोखरेलले १ हजार ८९४, डा. कृष्णप्रसाद पौडेल र तिलकबहादुर रानाभाटले समान १ हजार ८९०, किरण किशोर घिमिरेले १ हजार ८७७, रवि सिंहले १ हजार ८६९ र डा. मुक्तिराम श्रेष्ठले १ हजार ८३४ मत पाएका छन्।
प्रकाश सिंह कार्कीले १ हजार ८२६, प्रदीपकुमार सुनुवारले १ हजार ८२३, कृष्ण रिजाल र सुधांशु कोइरालाले समान १ हजार ७५०, नीलकण्ठ रिजालले १ हजार ७३७, कबिर राणाले १ हजार ६९२, श्यामकुमार घिमिरेले १ हजार ६६७ र सन्तोष सुब्बाले १ हजार ६६६ मत प्राप्त गरेका छन्।
चित्रबहादुर केसीले १ हजार ६५१, भीमप्रसाद ढुंगानाले १ हजार ६२०, टेकराज पौडेलले १ हजार ५९४, किशोर दत्त बरालले १ हजार ५८५, उत्तम जोशीले १ हजार ५७० र केशव थापाले १ हजार ५३९ मत पाएका छन्।
मधुराप्रसाद घिमिरेले १ हजार ४८४, अनिलकृष्ण प्रसाईंले १ हजार ४७९, भीम सिंह गुरुङ (भीम दाई)ले १ हजार ४७४, खडकबहादुर बुढाले १ हजार ३९६, छत्रबहादुर गिरीले १ हजार ३६४ र पुष्पबहादुर शाहले १ हजार ३४९ मत प्राप्त गरेका छन्।
कविता तिवारी (गैह्रे)ले १ हजार ३४०, जगतप्रसाद जोशीले १ हजार ३३२, रमेश रायमाझी र राजेन्द्र खत्री केसीले समान १ हजार ३१२, चिरञ्जीवी थापाले १ हजार ३१० र अष्टकुमार कवेले १ हजार २८६ मत पाएका छन्।
खेलराज पाण्डेयले १ हजार २०७, इच्छुराम रानाले १ हजार १७५, तुलसीनारायण श्रेष्ठले १ हजार १६१, हरिप्रसाद आचार्यले १ हजार १५३, गोविन्दबहादुर शाह (शम्भु) र धर्मराज गौतमले समान १ हजार ११५ तथा दोर्णकुमार कुँवरले १ हजार ११२ मत प्राप्त गरेका छन्।
गोरख (आनन्द) बिष्टले १ हजार १०८, केशवबहादुर चन्दले १ हजार ९०, सचित शर्माले १ हजार ६६, सकलदेव सत्तिहारले १ हजार ५१ तथा राधाकृष्ण भण्डारी (राधे) र विष्णुकुमार कार्कीले समान १ हजार ३० मत पाएका छन्।
दिलिपकुमार ढुंगानाले ९७२, दिलमान सिंह चन्दले ८९३, वीरमणि ढकालले ८५२, सुरेश सुवेदीले ७९५, पुष्पराज भट्टले ७७७, खेमराज ओलीले ७५७ र मुरारीप्रसाद आचार्यले ७३३ मत प्राप्त गरेका छन्।
त्यस्तै, ऋषिप्रसाद शर्मा र प्रवीणकुमार सिंहले समान ६८१ मत पाएका छन् भने प्रभात मणि ओझा (प्रविण)ले ५८७ मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यका लागि ४५ जना निर्वाचित हुने भएकाले अन्तिम परिणाम आउन बाँकी छ। मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाममा फेरबदल हुन सक्नेछ। अन्तिम नतिजापछि मात्रै निर्वाचित हुने केन्द्रीय सदस्यहरूको टुंगो लाग्नेछ।