उम्मेदवार छान्न रास्वपाले तय गर्‍यो मापदण्ड, कस्ता छन प्राथमिकता ?

1.6k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट रुपरेखा सार्वजनिक गरेको छ ।

रास्वपाले उम्मेदवार छनोट गर्दा आर्थिक हैसियत, राजनीतिक पहुँच, गुटगत प्रभाव र नातासम्बन्धलाई प्राथमिकता नदिने जनाएको छ।

पार्टीले बन्द कोठामा निर्णय गर्ने, शक्ति सन्तुलनका आधारमा उम्मेदवार छान्ने तथा पैसा र बाहुबलको प्रभावलाई निरुत्साहित गर्दै विधि, पद्धति र प्रमाणमा आधारित पारदर्शी प्रक्रिया अपनाउने नीति लिएको जनाएको छ।

आर्थिक अपराध, याैन हिंसा, महिला हिंसा वा कुनै पनि नैतिक पतन हुने वा चरित्रमा गम्भीर प्रश्न उठेका व्यक्तिलाई उम्मेदवार नबानाउने जनाएको छ। 

यस्तो छ रास्वपाको उम्मेदवार बन्ने मापदण्ड

सम्बन्धित समाचार