काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहँदा उम्मेदवारहरूबीच प्रतिस्पर्धा रोचक बनेको छ। मतगणनाका क्रममा विभिन्न पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा अग्रता र प्रतिस्पर्धाको अवस्था फेरिँदै गएको छ।
खुलातर्फको महामन्त्री पदमा प्रदीप पौडेल र अमरसिंह पुन मगर अग्रस्थानमा देखिएका छन्। उदयशमशेर राणा, डा. सुनीलकुमार शर्मा, गुरुराज घिमिरेलगायत उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय ‘डिना’ बीच प्रतिस्पर्धा देखिएको छ।
मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतमा थप फेरबदल हुन सक्ने देखिएको छ। अन्तिम परिणामपछि मात्रै निर्वाचित हुने पदाधिकारीको टुंगो लाग्नेछ।