शोभाचन्द्र बरालले गरे पहिलो मतदान, कांग्रेस महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु

1.3k Shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। गण्डकी प्रदेशमा ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले पहिलो मत खसालेका छन्।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार खराब मौसम, प्राविधिक समस्या तथा मतपत्र छपाइमा भएको ढिलाइका कारण अघिल्लो दिनका लागि निर्धारित मतदान कार्यक्रम सारिएको थियो। रातिको समयमा मतदान गर्दा प्रतिनिधिहरूलाई असहज हुने भएकाले मतदाताको स्वास्थ्यलाई ध्यानमा राखेर शुक्रबार बिहानदेखि मतदान सुरु गरिएको उनले बताए।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्। मतदान दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको छ।

मतपत्रको संख्या धेरै हुनुका साथै उम्मेदवार र मतदाताको संख्या पनि बढी भएकाले छपाइमा समय लागेको निर्वाचन समिति संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताएका छन्। मतपत्रमा हस्ताक्षर गर्न ३२ जना वरिष्ठ अधिवक्ता खटाइएको पनि उनले जानकारी दिएका छन्।

 
 
सम्बन्धित समाचार