कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध छानिए कर्माछिरिङ शेर्पा

1.2k Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

कांग्रेसको राजनीतिमा सक्रिय शेर्पाले यसअघि एन्फाको अध्यक्षका रूपमा नेपाली फुटबलको नेतृत्व गरेका थिए। पछिल्लो समय उनी खेलकुद प्रशासनसँगै कांग्रेसको संगठनात्मक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्।

शेर्पा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत हुन्। कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएसँगै १५औँ महाधिवेशनमा उनको सहभागिता सुनिश्चित भएको छ।

महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएका शेर्पाले पार्टीको आगामी नेतृत्व चयन तथा महाधिवेशनका विभिन्न प्रक्रियामा सहभागी हुनेछन्।

सम्बन्धित समाचार