वरिष्ठ पत्रकार हरि लम्सालको निधन

813 Shares

काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ। केही दिनदेखि अस्वस्थ भई उपचाररत लम्सालको शनिबार बिहान ह्याम्स अस्पतालमा निधन भएको हो।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार लम्सालको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

लम्सालका दुई छोरा र दुई छोरी छन्। उनका छोराहरू विकास लम्साल र विशाल लम्साल पनि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनीहरू ‘राष्ट्रवाणी’ साप्ताहिकका सम्पादकका रूपमा कार्यरत छन्।

लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेका लम्सालको निधनले नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको सहकर्मीहरूले बताएका छन्।

सम्बन्धित समाचार