रास्वपा केन्द्रीय समिति बैठक बस्दै, स्थानीय तह निर्वाचनको तयारीमा छलफल

757 Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज अपराह्न वनस्थलीस्थित घन्टीघरमा बस्दैछ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारीसँगै विभिन्न सांगठनिक विषयमा छलफल हुनेछ।

बैठकले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयमा समेत निर्णय गर्ने जनाइएको छ।

त्यस्तै, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेश प्रदेश संगठनको ‘अडिट’ प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिएका छन्।

सम्बन्धित समाचार