सभामुख डीपी अर्यालले गरे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

1.2k Shares

काठमाडौं । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

सभामुख अर्यालले बिहीबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन जान लागेकोबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।

सभामुख अर्याल आइतबार आईपीयूको महासभामा सहभागी हुन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भेटका क्रममा आईपीयू महासभामा नेपालको सहभागिता तथा अन्तरव्यवस्थापिकाबीचको सहकार्यका विषयमा समेत छलफल भएको जनाइएको छ।

आईपीयूको महासभामा विश्वका विभिन्न मुलुकका संसद्का प्रतिनिधिहरू सहभागी हुने गर्छन्। महासभामा सहभागी हुँदै सभामुख अर्यालले नेपालको संसदीय अनुभव तथा संसद्बीचको अन्तर्राष्ट्रिय सहकार्यका विषयमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

सम्बन्धित समाचार