दीपक मनाङे नेपाली कांग्रेसमा प्रवेश

1.2k Shares

काठमाडौं । पूर्वप्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेस नेता शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्।

कांग्रेस प्रवेशसँगै गुरुङलाई पार्टीको आसन्न १५औँ महाधिवेशनसँग सम्बन्धित जिम्मेवारीसमेत दिइएको जनाइएको छ। उनी यसअघि स्वतन्त्र राजनीतिक गतिविधिमा रहँदै विभिन्न समयमा फरक–फरक राजनीतिक दलसँग आबद्ध भएका थिए।

राजीव गुरुङ यसअघि गण्डकी प्रदेशसभामा मनाङबाट निर्वाचित भएका थिए। उनी गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए।

गुरुङले यसअघि नेकपा (एकीकृत समाजवादी) मा समेत प्रवेश गरेका थिए। सन् २०२२ मा उनले उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी पार्टी प्रवेश गरेको घोषणा गरेका थिए।

सम्बन्धित समाचार