‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
1.1k
Shares
काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेकी थिइन्। त्यसपछि सभामुखले प्रस्तावमाथि छलफलका लागि सांसदहरूलाई समय दिएका थिए।
छलफलपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो। प्रतिनिधिसभाले बहुमतबाट प्रस्ताव पारित गरेसँगै अब विधेयकको दफावार छलफल तथा अन्य संसदीय प्रक्रिया अघि बढ्नेछ।
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ विभिन्न प्रचलित कानुनमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने उद्देश्यसहित सरकारले संसद्मा अघि बढाएको हो।