1.2k
Shares
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्माले आफ्नो पद कायम राख्न माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको छ।
शर्माले आफूलाई प्रदेशसभा सदस्य पदबाट अयोग्य ठहर गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले खारेज गर्ने आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै शर्माले प्रदेशसभा सदस्यका रूपमा आफ्नो पद कायम राख्न माग गर्दै अघि बढाएको कानुनी प्रयास तत्कालका लागि टुंगिएको छ।