मन्त्रालयको नाम परिवर्तनसँगै दायरा र जिम्मेवारी विस्तार भएको छ : मन्त्री बादी

1.1k Shares

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयको नाम परिवर्तनसँगै यसको कार्यक्षेत्र र जिम्मेवारी पनि विस्तार भएको बताएकी छन्।

उनका अनुसार मन्त्रालयको जिम्मेवारीमा सामाजिक सुरक्षा तथा विभिन्न आयोगसँग सम्बन्धित विषयसमेत थपिएका छन्। त्यससँगै मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विषयमा थप जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आएको उनले बताइन्। 

मन्त्री बादीले पछिल्लो समय प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकको संरक्षण र पुनर्स्थापनालाई समेत मन्त्रालयले प्राथमिकतामा राखेको बताएकी छन्। विशेषगरी बाढीबाट प्रभावित बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि आवश्यक कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।

यसअघि बाढीका कारण अभिभावक गुमाएका वा विस्थापित भएका बालबालिकाको दीर्घकालीन संरक्षणको जिम्मेवारी सरकारले लिने मन्त्री बादीले बताएकी थिइन्। प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पालनपोषणलाई सरकारले सहयोग गर्ने योजना अघि बढाइएको उनले जानकारी दिएकी थिइन्।

मन्त्रालयको कार्यक्षेत्र विस्तार भएसँगै लक्षित समुदायका समस्या सम्बोधन गर्न थप प्रभावकारी कार्यक्रम र समन्वय आवश्यक रहेको मन्त्री बादीको भनाइ छ। 

 
 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार