एमालेमा विद्या भण्डारीलाई वरिष्ठ नेता बनाउन रघुवीरले राखेका थिए प्रस्ताव

1.3k Shares

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका थिए। महासेठले भण्डारीलाई पार्टीमा सम्मानजनक भूमिकासहित अघि बढाउनुपर्ने धारणा राख्दै यस्तो प्रस्ताव गरेको जनाइएको छ।

एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको ‘सम्मानित वरिष्ठ नेता’ बनाउने प्रस्ताव अघि सारेको थियो। प्रस्तावअनुसार उनलाई पार्टी अध्यक्षपछि दोस्रो वरियतामा राख्ने तयारी गरिएको थियो।

यसअघि पनि महासेठले भण्डारी सक्रिय राजनीतिमा फर्किने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहमति रहेको बताएका थिए। उनले भण्डारीलाई सक्रिय राजनीतिमा आउन संविधान वा एमालेको विधानले रोक नलगाएको बताएका थिए। साथै, ओली र भण्डारीबीच विवाद रहेको भन्ने चर्चालाई उनले अस्वीकार गरेका थिए।

सचिवालयबाट गरिएको वरिष्ठ नेतासम्बन्धी प्रस्तावलाई एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी अनुमोदन गर्ने प्रक्रिया अघि बढाइएको थियो। यससँगै पूर्वराष्ट्रपति भण्डारीको एमालेमा पुनः सक्रिय भूमिकालाई लिएर पार्टीभित्रको छलफल थप औपचारिक चरणमा पुगेको देखिएको छ।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार