बकैया–६ मा जमिन चिराचिरा, १६ घरपरिवार सुरक्षित स्थानमा सारिए

1.3k Shares

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेपछि १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

भिरालो सतहमा रहेको बस्तीमा जमिन चिरिन थालेपछि जोखिम बढेको भन्दै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जमिनमा चिरा परेपछि बस्तीमा जोखिमको अवस्था देखिएको हो। सम्भावित दुर्घटना हुन नदिन एक दर्जनभन्दा बढी घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको हो।

घटनापछि सम्बन्धित निकायले बस्तीको अवस्थाबारे थप निगरानी गरिरहेको जनाइएको छ। निरन्तर वर्षाका कारण जमिन थप चिरिन सक्ने जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

सम्बन्धित समाचार