नारायणीको बाढीमा फसेका चितवनका १० जनाको सकुशल उद्धार

932 Shares

चितवन । अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा चितवनको भरतपुर महानगरपालिका–१६, झनझनेस्थित गुम्बाचोकमा बाढीमा फसेका १० जनाको सकुशल उद्धार गरिएको छ।

आइतबार बिहान करिब १०ः३० बजे नदीको बहाव बढेपछि गुम्बाचोकका तीनवटा घर डुबानमा परेका थिए। घर डुबानमा परेपछि छतमा बसेका १० जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट परिचालित सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो।

नारायणी नदीको बहाव बढेसँगै चितवनका नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। नेपाल प्रहरीले आइतबार दिउँसोसम्मको विवरणमा भोटेकोशी बाढीबाट चितवनमा ३ सय ६८ जनाको शव फेला परेको जनाएको छ।

सम्बन्धित समाचार