1.2k
Shares
न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र कजाकिस्तानका विदेशमन्त्री मुख्तार तिलेउबर्दीले सेप्टेम्बर २४ मा सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताले दुवै देशका कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकको पारस्परिक यात्रालाई सहज बनाउने उद्देश्य राखेको छ।
सम्झौताले नेपाल र कजाकिस्तानबीच राजनीतिक तथा व्यापार–आर्थिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।