झापामा बाढी तथा डुबानको जोखिम बढेपछि जोखिमयुक्त क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले डिभिजन वन कार्यालयसँगको समन्वयमा ड्रोन परिचालन गरेको हो।
ड्रोनमार्फत जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुनसक्ने क्षेत्रको निगरानी गरिनेछ। यसले नदीको पानीको सतह मापन तथा सम्भावित जोखिम पहिचानमा समेत सहयोग गर्ने जनाइएको छ।
बङ्गालको खाडीबाट सक्रिय वर्षा प्रणालीका कारण झापामा भारी वर्षा, बाढी र डुबानको सम्भावना बढेपछि विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन ड्रोनसहित अन्य स्रोतसाधन परिचालन गरिएको हो।