1.2k
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर वर्षा भइरहेका बेला छोभार गल्छी क्षेत्रमा पानीको बहाव बढेको छ। लगातारको वर्षाका कारण गल्छी हुँदै बग्ने खोलाको जलस्तर बढेको हो।
वर्षाका कारण आसपासका नदी तथा खोलामा समेत पानीको बहाव बढ्दै गएको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले बाढी, डुबान तथा पहिरोको जोखिम बढेको मौसमसम्बन्धी निकायहरूले जनाएका छन्।
छोभार क्षेत्रमा पानीको बहाव बढेसँगै स्थानीय बासिन्दा तथा यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ। लगातारको वर्षाले जमिन गलेका कारण नदी तथा खोला आसपासका क्षेत्रमा थप जोखिम हुन सक्ने बताइएको छ।