बालेनले राष्ट्रसंघमा उठाए जलवायु परिवर्तनको मुद्दा, यसअघि नेपाली प्रधानमन्त्रीले के उठाउँथे?

1k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको मुख्य सरोकारका रूपमा जलवायु परिवर्तन र त्यसबाट नेपालले भोगिरहेको क्षतिको विषय उठाएका छन्। उनले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमलाई विश्व समुदायको साझा चुनौतीका रूपमा प्रस्तुत गर्दै जलवायु न्यायको माग गरेका छन्।

शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको बताए। हिमनदी पग्लिने, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले जलवायु संकटबाट प्रभावित मुलुकलाई राहतसँगै पुनर्स्थापना, पुनर्निर्माण, जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलतामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए।

महासभामा शाहले नेपाल, भारत र चीनको सहभागितामा ‘हिमालय क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्तावसमेत गरे। यसमार्फत हिमतालको निगरानी, पूर्वसूचना प्रणाली, भू–उपग्रहसम्बन्धी तथ्यांक तथा वैज्ञानिक ज्ञान आदानप्रदान र विपद्का बेला क्षेत्रीय सहकार्य गर्न सकिने उनको भनाइ थियो।

सम्बन्धित समाचार