बिहीबार नेप्से ११.७७ अंकले बढ्यो, ५ अर्ब ४४ करोडको कारोबार

876 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको छ। बजार बढेसँगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

बिहीबार कुल ५ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिन बुधबार ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

कारोबार भएका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको सूचक बढेका छन् भने एक उपसमूहको सूचक घटेको छ। गैरजीवन बीमा उपसमूहको सूचक घटेको हो।

बिहीबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

सेयर मूल्य बढ्ने कम्पनीमध्ये नेपाल ल्युब आयलका लगानीकर्ताले सबैभन्दा बढी लाभ पाएका छन्। कम्पनीको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ। यता मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ११.५८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रहेको छ। बिहीबार कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी हिमालयन डिस्टिलरीको करिब ३५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

 
 
 
सम्बन्धित समाचार