एमाले स्थायी कमिटीमा को–को परे ?

1.1k Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी गठनका विषयमा पार्टी केन्द्रीय सचिवालयमा छलफल भएको छ। बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी तथा पोलिटब्युरो गठनका लागि प्रस्तावित नामबारे छलफल गरेको हो। छलफल भएका नामहरू केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि सार्वजनिक गर्ने तयारी रहेको उपमहासचिव लेखराज भट्टले बताएका छन्।

सचिवालय बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गर्ने सदस्यका विषयमा समेत छलफल भएको थियो। अर्को पार्टीबाट एमालेमा आएका नेताहरूलाई समेत केन्द्रीय कमिटीमा समेट्ने विषयमा छलफल भएको जनाइएको छ।

स्थायी कमिटी गठनसँगै पोलिटब्युरो गठनका विषयमा पनि सचिवालयमा छलफल गरिएको छ। यी दुवै संरचनाको गठनसम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकबाट अनुमोदन तथा घोषणा गर्ने तयारी एमालेले गरेको छ।

एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भइसकेको छ।

स्थायी कमिटीमा समेटिने नेताहरूको नामबारे सचिवालयमा छलफल भए पनि औपचारिक रूपमा नाम सार्वजनिक तथा अनुमोदन नभएसम्म अन्तिम सूचीका रूपमा प्रस्तुत गर्न बाँकी रहेको देखिन्छ। केन्द्रीय कमिटीको निर्णयपछि मात्रै स्थायी कमिटीको पूर्ण सूची सार्वजनिक हुने तयारी छ।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार