प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

890 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकमा जारी कार्यसूचीअनुसारका विषयमा छलफल भइरहेका बेला सभामुखले बैठक केही समयका लागि स्थगित गरेका हुन्।

बैठकमा विभिन्न विधेयक तथा प्रस्तावमाथि छलफल र प्रक्रिया अघि बढाउने कार्यसूची रहेको थियो। यसअघि प्रतिनिधिसभाले विभिन्न मन्त्रालयबाट प्रस्तुत केही विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो।

१५ मिनेटपछि बैठक पुनः सञ्चालन हुने र बाँकी कार्यसूचीअनुसार संसदीय प्रक्रिया अघि बढाइने जनाइएको छ।

 
 
 
सम्बन्धित समाचार