सचिवालय बैठक नसकिँदा एमाले केन्द्रीय कमिटी बैठक बस्न ढिलाइ

1.1k Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक निर्धारित समयमा बस्न नसक्दा ढिलाइ भएको छ। पार्टीको सचिवालय बैठक सम्पन्न हुन बाँकी रहेकाले केन्द्रीय कमिटी बैठक प्रभावित भएको हो।

एमालेले बिहीबार बिहान १० बजे सचिवालय बैठक बोलाएको थियो। सचिवालय बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि दिएका सुझावका विषयमा छलफल हुने बताइएको छ। साथै केन्द्रीय कमिटीमा मनोनयन गरिने व्यक्तिहरूका विषयमा पनि छलफल हुने जनाइएको छ।

त्यसैगरी सचिवालय बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा समेत छलफल गर्ने तयारी छ। यी विषयमा छलफल टुंगिएपछि केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी र पोलिटब्युरो गठनको घोषणा गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन्।

केन्द्रीय कमिटी बैठक यसअघि सोमबारदेखि ललितपुरस्थित एक पार्टी प्यालेसमा जारी रहेको थियो। बिहीबार नै बैठक सम्पन्न गर्ने एमालेको तयारी भए पनि सचिवालय बैठक लम्बिएपछि केन्द्रीय कमिटी बैठक सुरु हुन ढिलाइ भएको हो।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार