मधेसको मुख्य धार्मिक पर्यटकीय सहर जनकपुरमा यत्रतत्र फोहरको डङ्गुर

848 Shares

जनकपुरधाम । मधेस प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय सहर जनकपुरधाममा जताततै फोहर थुप्रिँदा सहरको सौन्दर्यमा असर परेको छ। सडक, चोक तथा सार्वजनिक स्थानमा फोहरको डङ्गुर देखिन थालेपछि स्थानीय बासिन्दा तथा आगन्तुकले समेत समस्या भोगिरहेका छन्।

जनकपुरधाम धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण सहर मानिन्छ। यहाँ जानकी मन्दिरलगायतका धार्मिक तथा ऐतिहासिक स्थलमा दैनिक ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन्। तर, मुख्य सडक तथा सार्वजनिक स्थानमा फोहर थुप्रिँदा सहरको वातावरण दुर्गन्धित बन्नुका साथै पर्यटकीय आकर्षणमा समेत असर परेको छ।

फोहर समयमै व्यवस्थापन नहुँदा सडक तथा खुला स्थानमा फोहर थुप्रिने क्रम बढेको स्थानीयको गुनासो छ। लामो समयसम्म फोहर नउठाउँदा दुर्गन्ध फैलिनुका साथै वातावरणीय तथा स्वास्थ्यसम्बन्धी समस्या निम्तिन सक्ने जोखिमसमेत देखिएको छ।

धार्मिक पर्यटकको मुख्य गन्तव्यका रूपमा रहेको जनकपुरधामलाई सफा, व्यवस्थित र आकर्षक बनाउन नियमित फोहर व्यवस्थापन आवश्यक देखिएको छ। स्थानीय तहले फोहर संकलन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने स्थानीयवासीको माग छ।

 
 
 
सम्बन्धित समाचार