झरीमा रुझेको काठमाडौँ, तस्बिरमा देखियो वर्षाको दृश्य

995 Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार वर्षा भइरहेको छ। मनसुन र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडीबाट विकसित गहिरो न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो।

वर्षाका कारण काठमाडौँका सडक तथा विभिन्न स्थानमा चहलपहल प्रभावित भएको छ। कतिपय क्षेत्रमा सर्वसाधारण छाता ओढेर तथा रेनकोट लगाएर आवतजावत गरिरहेका छन् भने सडकमा सवारीसाधनको आवागमन पनि वर्षाका कारण प्रभावित देखिएको छ।

लगातारको वर्षाका कारण सडक चिप्लो हुने, पानी जम्ने तथा केही स्थानमा डुबानको जोखिमसमेत बढ्न सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

रातोपाटीका अनुसार काठमाडौँमा परेको झरीका विभिन्न दृश्यहरू क्यामेरामा कैद गरिएका छन्।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार