काभ्रेका चार स्थानीय तहका विद्यालय दुई दिन बन्द

1.4k Shares

काभ्रेपलाञ्चोकका चार स्थानीय तहले आज र भोलि अर्थात् असोज ८ र ९ गते सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

वर्षा, बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बनेपा नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिकाका विद्यालय बन्द गरिने भएको हो।

यसैबीच, काभ्रेका निजी तथा संस्थागत विद्यालय पनि असोज ८ र ९ गते बन्द रहनेछन्। असोज १० र ११ गते शनिबार–आइतबार परेकाले विद्यालयहरू असोज १२ गते सोमबारदेखि नियमित सञ्चालन हुने जनाइएको छ।

 
 
 
सम्बन्धित समाचार