प्राविधिक तथा उच्च शिक्षा विकासमा योगदान दिएका सुरेशराज शर्मा रहेनन्

1.5k Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ उनको निधन भएको हो। काठमाडौं विश्वविद्यालयका उपकुलपति विवेक बरालका अनुसार शर्माको साँझ ६ः५० बजे निधन भएको हो।

शर्माले काठमाडौं विश्वविद्यालयको उपकुलपतिका रूपमा नेतृत्व गरेका थिए। विश्वविद्यालयको संस्थागत विकाससँगै नेपालको प्राविधिक तथा उच्च शिक्षा क्षेत्रको विकासमा उनको योगदान रहेको बताइन्छ।

शर्मा सिन्धुलीको खुर्कोटमा जन्मिएका थिए। उनले नेपालको उच्च शिक्षा तथा प्राविधिक जनशक्ति विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनको निधनप्रति काठमाडौं विश्वविद्यालय परिवारसहित शिक्षाक्षेत्रका विभिन्न व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्। विश्वविद्यालयले शर्माको निधनलाई शिक्षा क्षेत्रमा अपूरणीय क्षतिका रूपमा लिएको जनाएको छ।

सम्बन्धित समाचार