नेकपाको केन्द्रीय कार्य संयोजन समितिमा गणेशमान पुन र जयपुरी घर्ती

981 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को ४५ सदस्यीय उच्च तहको ‘केन्द्रीय कार्य संयोजन समिति’मा रुकुमपूर्वका गणेशमान पुन ‘रश्मी’ र रोल्पाकी जयपुरी घर्ती ‘नमुना’ मनोनीत हुनुभएको छ ।

स्वास्थ्य अवस्थाका कारण वरिष्ठ नेता कृष्णबहादुर महरा र साविक नेकपा (माओवादी केन्द्र) का तत्कालीन केन्द्रीय कार्यालय मुख्य सचिवसमेत रहनुभएका नेता श्रीराम ढकाल समिति बाहिरिएपछि रिक्त दुई स्थानमा पुन र घर्तीलाई मनोनीत गरिएको हो ।

रुकुमपूर्वका वरिष्ठ नेता पुन संविधानसभा सदस्य हुनुका साथै आपूर्ति मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । हाल उहाँ नेकपाको केन्द्रीय कार्यालयका मुख्य सचिवका रूपमा कार्यरत हुनुहुन्छ ।

त्यसैगरी, रोल्पाकी घर्ती लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय नेतृ हुनुहुन्छ । उहाँले संविधानसभा सदस्य, महिला, बालबालिका तथा समाजकल्याण मन्त्री तथा प्रतिनिधिसभा सदस्यको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।

पुन र घर्तीको मनोनयनसँगै नेकपाको उच्च तहको केन्द्रीय कार्य संयोजन समितिमा दुई नयाँ सदस्य थपिएका छन् ।

सम्बन्धित समाचार