संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

694 Shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह कतार एअरवेज मार्फत दोहा ट्रान्जिट हुँदै अमेरिकाको न्युयोर्क पुग्ने कार्यक्रम रहेको छ।

महासभामा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सम्बोधनका क्रममा उनले नेपालको समसामयिक विषय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।

सम्बन्धित समाचार