काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्नका लागि तीन मिनेटको समय निर्धारण गरिएको छ। बैठकमा धेरै सदस्यले धारणा राख्नुपर्ने भएकाले बोल्ने समय सीमित गरिएको हो।
ललितपुरको भैंसेपाटीमा जारी बैठकमा पार्टीको निर्वाचन समीक्षा तथा पुनर्संरचनासम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भइरहेको छ। सदस्यहरूले तोकिएको समयभित्र पार्टीको अवस्था, संगठन तथा आगामी कार्यदिशालगायत विषयमा आफ्ना धारणा राखिरहेका छन्।
बैठकमा केन्द्रीय सदस्यहरूको धारणा सुन्ने र त्यसका आधारमा पार्टीका आगामी निर्णय तथा कार्यक्रम तय गर्ने तयारी गरिएको छ। बैठकमा सहभागी नेताहरूले पार्टी संगठनलाई थप व्यवस्थित बनाउने तथा पछिल्लो राजनीतिक परिस्थितिबारे समेत आफ्ना सुझाव राख्नेछन्।
एमालेको सचिवालय बैठकले यसअघि कार्यदलको एकीकृत प्रतिवेदन पारित गरी केन्द्रीय कमिटीमा छलफलका लागि पठाएको थियो। केन्द्रीय कमिटी बैठकबाट प्रतिवेदनमाथि आवश्यक निर्णय गर्ने तयारी छ।