तस्बिरमा हेर्नुहोस् एमाले केन्द्रीय कमिटी बैठक

995 Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ। बैठकमा सहभागी हुन पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बैठकस्थल पुगेका छन्। 

बैठकमा पार्टीको निर्वाचन समीक्षा तथा पुनर्संरचनासम्बन्धी कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदनमाथि छलफल हुँदैछ। उक्त प्रतिवेदन सचिवालय बैठकले यसअघि ग्रहण गरिसकेको थियो।

केन्द्रीय कमिटी बैठकमा पार्टीको सांगठनिक अवस्था, आगामी राजनीतिक कार्यदिशा तथा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयलगायतमा छलफल हुने बताइएको छ। कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने निर्णय गरेको थियो। 

बैठकस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न नेता तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ। बैठकका क्रममा नेताहरूबीच छलफल र अन्तरक्रिया भइरहेको छ

सम्बन्धित समाचार