एमाले पुनर्निर्माण प्रतिवेदनमा सहमति, तत्काल पुनर्गठनको विषय नसमेटिने

1.1k Shares

काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठकले पार्टी पुनर्निर्माणसम्बन्धी तीनवटा अलग–अलग प्रतिवेदनलाई एकीकृत गर्ने सहमति गरेको छ ।

कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवालीले प्रस्तुत गरेका छुट्टाछुट्टै प्रतिवेदनलाई मर्ज गरेर एउटै दस्तावेज बनाउने सहमति भएको हो ।

बैठकमा तीनवटै प्रतिवेदनका मस्यौदालाई समेटेर साझा प्रतिवेदन तयार गर्ने विषयमा सहमति जुटेको बताइएको छ । प्रतिवेदनमा पार्टीको पुनर्निर्माणसँग सम्बन्धित विषयहरूलाई समेटिने भए पनि तत्कालका लागि पार्टी पुनर्गठनको विषय भने समावेश नगर्ने सहमति भएको छ ।

कार्यदलले विभिन्न प्रतिवेदनमा प्रस्तुत सुझाव तथा प्रस्तावहरूको अध्ययन गरी साझा धारणा बनाउने प्रक्रिया अघि बढाउने भएको छ । त्यसका आधारमा एमालेको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे थप छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार