एमाले सचिवालय बैठक ३ बजेलाई सर्‍यो

1.1k Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ ।

यसअघि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको बैठक लम्बिएपछि ३ बजेसम्मका लागि सारिएको हो ।

एमाले पार्टी मुख्यालय च्यासलमा कार्यदलको बैठक चलिरहेको र त्यसले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिन समय लागेकाले सचिवालय बैठकको समय परिवर्तन गरिएको हो ।

कार्यदलले तयार पार्ने पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन सचिवालय बैठकमा पेस गर्ने तयारी छ । सचिवालय बैठकमा उक्त प्रतिवेदनसँगै आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे पनि छलफल हुने बताइएको छ ।

एमालेले असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने तयारी गरेको छ । त्यसअघि सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको छ।

सम्बन्धित समाचार