राष्ट्रिय मुक्ति पार्टी नेपालमा सामूहिक राजीनामा, महासचिवसहित ९ केन्द्रीय नेताले छाडे पार्टी
645
Shares
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालमा सामूहिक राजीनामा आएको छ। पार्टीका महासचिवसहित ९ जना केन्द्रीय नेताले पद तथा पार्टी सदस्यबाटै राजीनामा दिएका छन्।
पार्टीभित्र पछिल्लो समय देखिएको असन्तुष्टिका बीच महासचिवसहित केन्द्रीय तहका नेताहरूले सामूहिक रूपमा पार्टी छाडेका हुन्। उनीहरूले पार्टीको जिम्मेवारी र सदस्यता दुवैबाट अलग हुने निर्णय गरेका छन्।
एकैपटक ९ जना केन्द्रीय नेताले राजीनामा दिएपछि राष्ट्रिय मुक्ति पार्टी नेपालभित्रको आन्तरिक अवस्था थप चर्चामा आएको छ। राजीनामा दिने नेताहरूले पार्टी नेतृत्व तथा पछिल्लो राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै अलग हुने निर्णय गरेको जनाइएको छ।
राजेन्द्र महतो नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले पछिल्लो समय संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई अघि बढाउँदै आएको थियो।