काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र ‘जेनजी सांसद’हरूबीच अन्तरक्रिया सुरु भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाहले युवा पुस्तासँग प्रत्यक्ष संवाद सुरु गरेका हुन्।
अन्तरक्रियामा प्रविधि, डिजिटल शासन, युवा रोजगारीलगायत समसामयिक विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ। युवा पुस्ताका प्रतिनिधिका रूपमा रहेका सांसदहरूले सरकारका कामकारबाही, युवाका अपेक्षा तथा समसामयिक विषयमा आफ्ना धारणा राख्ने बताइएको छ।
कार्यक्रममार्फत प्रधानमन्त्री र जेनजी पुस्ताका सांसदबीच सरकार सञ्चालन तथा युवा सरोकारका विषयमा प्रत्यक्ष संवाद गर्ने वातावरण बनेको छ। प्रधानमन्त्री शाहले युवाका सवाल र सुझावलाई छलफलका क्रममा सम्बोधन गर्ने जनाइएको छ।