सांसद बरालको प्रश्न– ‘ग्यास नदिएर बालेन सरकारले जनतालाई मार्न लागेको हो ?’

1k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद यशोदा कुमारी बरालले मुलुकमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले बजारमा खाना पकाउने ग्यासको अभाव हुँदा सर्वसाधारण समस्यामा परेको भन्दै सरकारसँग प्रश्न गरेकी हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले ग्यास सहज रूपमा उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरिन्। उनले लामो समयदेखि ग्यासको अभाव हुँदा नागरिकले दैनिक जीवनमा समस्या झेल्नुपरेको बताइन्।

उनले ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरिन्। बजारमा ग्यास नपाउँदा सर्वसाधारणले खाना पकाउनसमेत समस्या भोगिरहेको भन्दै उनले सरकारको आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठाइन्।

सांसद बरालले ग्यास अभावको समस्या तत्काल समाधान गरी नागरिकलाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्।

सम्बन्धित समाचार