संघीय संसदमा ‘डिजिटल संसद’ प्लेटफर्मको परीक्षण सुरु

834 Shares

काठमाडौं । संघीय संसदमा सूचना प्रविधिको प्रयोग बढाउँदै संसद्का कामकारबाहीलाई डिजिटल माध्यमबाट सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले ‘डिजिटल संसद’ प्लेटफर्मको परीक्षण सुरु गरिएको छ।

डिजिटल संसद प्रणालीमार्फत संसद् बैठक, सांसदका गतिविधि, विधेयक तथा अन्य संसदीय कामकारबाहीलाई प्रविधिमैत्री बनाउने तयारी गरिएको छ। यसबाट संसदीय गतिविधिको अभिलेख व्यवस्थापन तथा आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्लेटफर्मको परीक्षणका क्रममा देखिएका प्राविधिक समस्या तथा आवश्यक सुधार पहिचान गरी प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरिएको जनाइएको छ।

संसद्का कामकारबाहीलाई क्रमशः डिजिटल प्रविधिसँग जोड्दै लैजाने योजनाअन्तर्गत यो प्रणाली अघि बढाइएको हो। परीक्षण सफल भएपछि यसको प्रयोगलाई थप विस्तार गर्ने तयारी रहेको छ।

सम्बन्धित समाचार