जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहकार्यका लागि पहल गर्छु : प्रधानमन्त्री शाह

953 Shares

मुस्ताङ । प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा सहकार्य र समन्वय बढाउन पहल गर्ने बताएका छन्।

मुस्ताङमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली तथा जोखिमयुक्त मुलुकमा गम्भीर रूपमा देखिन थालेको उल्लेख गरे। जलवायुजन्य विपद्बाट हुने जनधनको क्षति कम गर्न राष्ट्रिय प्रयाससँगै विश्वव्यापी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

उनले जलवायु जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी तथा प्रभावित समुदायको संरक्षणका लागि आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्याबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै सहयोग र सहकार्य जुटाउन सरकार सक्रिय रहने उनले बताए।

सम्बन्धित समाचार