सिंहदरबारको बैठक सकेलगत्तै किस्पाङ गाउँपालिका अध्यक्ष पक्राउ

1.3k Shares

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दा दरबारमार्ग प्रहरी वृत्तमा दर्ता भएको र अनुसन्धानका लागि तामाङलाई पक्राउ गर्न अदालतसँग अनुमति मागिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तामाङलाई पक्राउ गर्न एक दिनअघि नै अनुमति प्राप्त भएको थियो। सोही पक्राउ पुर्जीका आधारमा उनलाई सिंहदरबारबाट नियन्त्रणमा लिइएको हो।

तामाङलाई पक्राउ गरेपछि प्रहरीले बैंकिङ कसुरसम्बन्धी उक्त घटनाबारे थप अनुसन्धान अघि बढाउने जनाएको छ।kispan.jpg

सम्बन्धित समाचार