मन्टेश्वरी एसोसिएसन नेपाल ग्रान्ड संदेश विपद्मा परेका बालबालिकाको भविष्यप्रति संवेदनशील बन्दै

4.5k Shares

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण घरबार तथा आफ्ना अभिभावक गुमाएका बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै मन्टेश्वरी एसोसिएसन नेपाल (MAN) ले मानवीय तथा सहयोगी अभियान सञ्चालन गरेको छ।

बाढीबाट प्रभावित भई विभिन्न ५ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकासँग प्रत्यक्ष भेटघाट गर्दै एसोसिएसनले उनीहरूको मनोबल उच्च राख्न रमाइला कुराकानी, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराएको थियो। विपद्का कारण मानसिक रूपमा प्रभावित बालबालिकालाई केही समय भए पनि पीडा भुलाउँदै खुसी र आत्मीयताको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बालबालिकालाई लत्ताकपडा, जुत्ता–चप्पल, विद्यालय जाने झोला, कापी–कलम, चित्र बनाउने सामग्री, खेलकुदका सामग्रीलगायत आवश्यक सामग्री वितरण गरिएको थियो। सहयोग सामग्री हस्तान्तरणसँगै एसोसिएसनका पदाधिकारी तथा सदस्यहरूले बालबालिकासँग प्रत्यक्ष समय बिताउँदै उनीहरूसँग खेल्ने, हाँस्ने, रमाउने तथा आत्मीय कुराकानीसमेत गरेका थिए।

सम्बन्धित समाचार