धनकुटामा १ हजार २४० केजी गाँजासहित ट्रक नियन्त्रणमा

1.7k Shares

पाख्रीबास । धनकुटामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । कोशी राजमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–७ स्थित फेदीमा मङ्गलबार राति चेकजाँचका क्रममा प्रहरीले १ हजार २४० केजी गाँजासहित ट्रक नियन्त्रणमा लिएको हो ।

धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रक शङ्का लागेर प्रहरीले रोकेको थियो । ट्रक जाँच गर्ने क्रममा चालक हामफालेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार राति करिब ११ बजे ट्रकबाट गाँजा बरामद गरिएको हो । नियन्त्रणमा लिइएको ट्रक र गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार