967
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । पछिल्लो राजनीतिक तथा समसामयिक परिस्थितिबारे राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन् ।
राष्ट्रपति पौडेलको सम्बोधनमा मुलुकको वर्तमान अवस्था, नागरिकको चासो तथा राष्ट्रिय महत्वका विषयहरू समेटिने अपेक्षा गरिएको छ । सम्बोधनमार्फत राष्ट्रका नाममा राष्ट्रपति पौडेलले आफ्नो धारणा सार्वजनिक गर्नेछन् ।
राष्ट्रपति कार्यालयका अनुसार सम्बोधनको समय तथा अन्य विवरणबारे आवश्यक जानकारी सार्वजनिक गरिनेछ ।