दुई महिना नपुग्दै फेरिए रसुवाका सीडीओ, नरेन्द्र परियार गृहमा तानिए

1.2k Shares

काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियार गृह मन्त्रालयमा तानिएका छन् । जिल्लाको प्रशासनिक नेतृत्व सम्हालेको करिब दुई महिनामै उनलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको हो ।

परियारले केही समयअघि मात्रै रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।

उनको स्थानमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

आइतबार भएको मन्त्रीस्तरीय निर्णयबाट पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।

रसुवामा बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाको काम चलिरहेका बेला जिल्लाको प्रमुख प्रशासनिक नेतृत्व परिवर्तन भएपछि यो विषय कर्मचारीवृत्तमा चासोको विषय बनेको छ ।

सम्बन्धित समाचार